प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पनि बहस हुने

कोहलपुर, असार ११,

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुने भएको छ ।

रिट निवेदकको तर्फका कानुन व्यवसायीले अस्ति र हिजो लगातार बहस गरेका थिए । रिट निवेदक र सरकारी पक्षलाई सर्वोच्च अदाललते १५÷१५ घण्टाको समय निर्धारण गरेको छ । रिट निवेदकको तर्फबाट बहसका लागि आब ४ घण्टा ४५ मिनेट समय बाँकी छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् ।

हालसम्म रिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यवसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share