बैजनाथ गाउँपालिकाले गर्याे विभिन्न शिर्षकमा बजेट विनियोजन

कोहलपुर, असार ११,

बैजनाथ गाउँपालिका बाँकेले आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट प्रस्तुत गरेको छ ।

बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर रुचाल ठकुरीको सभाध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाले ६५ करोड ४३ लाख बढिका बजेट प्रस्तुत गरेको छ । गाउँसभा मार्फत नगरपालिकाका उपप्रमुख शारदा रेग्मी विश्वकर्माले बजेट प्रस्तुत गरेकी हुन् । बिहिबार आर्थिक वर्ष २०७८/०७९ को लागि ६५ करोड ४३ लाख ९० हजार २ सय २ रुपैया ३१ पैसाको बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाको संघिय आयतर्फ समानिरकरण १६ करोड ६१ लाख, सर्शत चालु २६ करोड ७ लाख, सर्शत पूँजिगत २ करोड ५१ लाख, विशेष अनुदान ८४ लाख, समपुरक अनुदान५२ लाख र राजस्व रकम १० करोड ५८ लाख ८५ हजारको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको प्रदेश आयतर्फ समानिरकरण७९ लाख १२ हजार, सर्शत रकम५८ लाख ४४ हजार, विशेष अनुदान ६० लाख, समपुरक अनुदान १ करोड ५० लाख, तथा राजस्व रकम १ करोड ५० लाख ४९ हजार ९ सय २ रुपैया ३१ पैसा, आन्तरिकतर्फ ३ करोड ५० लाख प्रस्तुत गरिएको छ ।

८ वटै वडाहरुलाई पूर्वाधार अन्तर्गत ४ करोड ३९ लाख ३५ हजार ३ सय, प्रत्येक वडालाई ३२ लाख ९५ हजार १ सय का दरले २ करोड ६३ लाख ६० हजार ८ सय नियोजन गरेको छ । गाउँपालिकाले पालिका विकासका लागि विभिन्न शिर्षकमा रकम विनियोजन गरेको छ । असार १७ गते दिउँसो ३ बजे बजेट पारित गरिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share