कोहलपुर नगरको आर्थिक वर्ष २०७८/७९ का बजेट प्रस्तुत

कोहलपुर, असार ११,

कोहलपुर नगरपालिका बाँकेले आर्थिक वर्ष २०७८/७९ का बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले नगरको विकास निर्माण, भौतिक पूर्वाधार विकास तथा यहाँका नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै १ अर्ब १७ करोड ३४ लाखको बजेट प्रस्तुत गरेको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको सभाध्यक्षमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका आर्थिक विकास समित संयोजक डिल बहादुर परियारले आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गरेका थिए ।

कोहलपुर नगरपालिकाले पूर्वाधार विकास, समाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपत व्यवस्थापन र संस्थागत क्षमता विकास तथा सुशासनका क्षेत्रमा मुख्य रुपमा आर्थिक वर्ष २०७८/७९का लागि बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाको प्रस्तुत आर्थिक बर्षको बजेट नेकपा एमाले बाट निर्वाचित बहुमत सदस्यहरुको प्रस्तावमा पारित गरिएको हो ।

नगरपालिकाले जनताका आकांक्षा, आवश्यकता तथा आवाजमा आधारित बजेट प्रस्तुत गरेको जनाएको छ । योजना निर्माण तथा कार्यान्वयन, खाद्य र पोषण सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, संचार, कला साहित्य, पर्यटन, कृषि पशुपंक्षी, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण, शहरी योजना तथा पूर्वाधार विकास, भुमि व्यवस्थापन, स्थानीय सेवा, संस्थागत विकास र सुशासन, कर, सेवा शुल्क तथा राजश्व, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, न्यायिक, समिति तथा सामुदायिक मेलमिलाप सेवा, आयआर्जन लगायत भौतिक पूर्वाधारका योजनाहरु निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

पारित नीति तथा कार्यक्रम अनुरुप आर्थिक वर्षको बजेटमा १ अर्ब १७ करोड ३४ लाखको बजेट प्रस्तुत गरेको हो । असार १३ गते आईतबार दिउँसो १ बजे बजेट पारित गरिने भएको छ । नगरपालिकाले नगर विकासका लागि विभिन्न शिर्षकमा रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share