निगमले बढायो फेरि पेट्रोलियम पदार्थको भाउ

कोहलपुर, असार १०,

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

गत जेठ २२ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । निगमले गएरातिबाट लागु हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ । आन्तरिकतर्फको हवाइ उडानमा निगमले दुई रुपैयाँ बढाएको छ ।

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय २७, डिजेल १ सय १० र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर २० ले बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share