काँग्रेसको आगामी नेतृत्वका लागि नेताहरू दौडधुपमा

कोहलपुर, असार १०,

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति निश्चित भएसँगै नेताहरूको दौडधुप सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाले फेरि दोहरिने आकाङ्क्षासहित भेटघाट तीव्र पारेपछि देउवाकै पक्षमा रहेका नेताहरूले पनि नेतृत्वका लागि छलफल गरिरहेका छन् । काँग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । नेता विमलेन्द्र निधीले पनि आफू सभापतिको दौडबाट पछि नहट्ने बताइसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा दावी गर्ने आगामी रणनीति बनाउन नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । नेता पौडेलले महाधिवेशन केन्द्रित छलफलका लागि आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन् । दिउँसो २ बजेपछि काठमाडौँको एक पार्टी प्यालेसमा बैठक बोलाइएको केन्द्रीय सदस्य गुरूराज घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share