कोहलपुर १४ का विपन्न परिवारका व्यक्तिहरुलाई राहत वितरण

कोहलपुर, असार ९,

कोहलपुर नगरपालिका वडा नम्बर १४ का विपन्न परिवारका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ ।

कोरोना भाईरस संक्रमित तथा प्रभावित भएका विपन्न परिवारहरुलाई राहत वितरण गरिएको हो । चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न उनीहरुलाई दिईएको छ । कोहलपुर नगरपालिका वडा न. १४ करिब ७ घर परिवारलाई खाद्यान्न दिएको समाजसेवा संस्थाका अध्यक्ष बिनोद थापाले बताए ।

वडा अध्यक्ष टेक चन्द हरिजनले उनीहरुलाई सामाग्री दिएका हुन् । वडा सदस्य मन बहादुर गुरुङ, बाँके युनेस्को क्लबका सहजकर्ता रन्जना कुमारी विश्वकर्मा, समाज सेवा सस्था नेपालका केन्द्रिय अध्यक्ष थापाको उपस्थितमा खाद्यान्न सामाग्री दिइको हो । बाँके युनेस्को क्लबद्वारा हस्तान्तरण सहयोगका निम्ति परोपकारी संस्था बाँके युनेस्को क्लब प्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share