२४ घण्टामा देशभर ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

कोहलपुर, बैशाख १६,

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार ५ सय९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनासङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ४६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने ८ सय ८८ रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३४ हजार एक सय १७जना सक्रिय सङ्क्रमित छन् । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ५ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका एक हजार एकसय २७ जना, भक्तपुरका एक सय ८२ जना र ललितपुरका २ सय ५२ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share