२४ घण्टामा विश्वभर कोरोना सङ्क्रमणवाट १४ हजार ८ सय ५८ जनाको मृत्यु

कोहलपुर, बैशाख १५,

बितेको २४ घण्टामा विश्वमा कोरोना सङ्क्रमणवाट १४ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ भने ८ लाख ३० हजार ८ सय ६७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

विश्वमाअहिले सम्म ३१ लाख ४८ हजार २ सय ५ जनाको कोरोना सङ्क्रमणवाट मृत्यु भैसकेको छ भने १ लाख ११हजार ९३ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । १४ करोड ९३ लाख १९ हजार २ सय २४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । भारतमा बितेको २४ घण्टामा मात्रै ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

हिजोमात्रै भारतमा ३ लाख ६२ हजार भन्दा बढी संङ्क्रमित थपिएका थिए । भारतको स्वाास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमाउपचाररत मध्य अहिले ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share