प्रहरीकाे फन्दामा धर्मगुरु लामा

काठमाण्डौ,७ मंसिर । अश्लील गतिविधिको आरोपमा नेपाल प्रहरीले एक हाइप्रोफाइल धर्मगुरुलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबी०ले यौनदुराचारको आरोपमा चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो । बिहिबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै छ ।
बिद्युतीय कारोबार ऐन अन्र्तगत सिआईबीले बुधबार नै काठमाडौं जिल्ला अदालतमा म्याद थप गरीसकेको छ । पक्राउ परेका धर्मगुरु ‘हाइप्रोफाइल’ व्यक्ति भएको स्रोत बताउछ । उनले विभिन्न युवतीहरुसँग अश्लील सम्बन्ध राखी फोटो र भिडियो बनाएका थिए । ती धर्मगुरुविरुद्ध आधा दर्जन उजुरी परेको छ । भारतमा केही समयअघि जेल परेका धर्मगुरु रामरहिम जस्तै उनको गतिविधि फेला परेको सिआईबीका एक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *