रसुवागढी नाका बन्द, ‘राम्चे’ निषेधित क्षेत्र घोषणा गरियाे

रसुवा,७ मंसिर  । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै बिहीबार राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान सुरु हुनुभन्दा करीब ७२ घण्टा अगाडि नै सीमाना बन्द गरिने भएको हो । बिहीबार राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनु भयो ।

नाका बन्द सुरु भएपछि सवारी साधन तथा मानिसको आवतजावत पुरै रोकिने पनि उहाले बताउनु भयो । साथै त्यसैलाई मध्यनजर गर्दै राम्चेिलाइ निषेधित क्षेत्र समेत घोषणा गरिएको छ । कालिका गाउँपालिका(१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *