नगद लाभांश अब बैंक खातामै जम्मा हुने

काठमाडौं, मंसिर ७

नगद लाभांश लिन घण्टौं लाइन बस्नुपर्ने वाध्यता यो वर्षदेखि हटेको छ। कम्पनीहरुले बैंक खातामै नगद लाभांश जम्मा गरिदिन थालेपछि लाइन लाग्ने क्रम हटेको हो।
धितोपत्र बोर्डले कम्पनीहरुलाई नगद लाभांश अनिवार्य रुपमा बैंक खातामै जम्मा गरिदिन दिएको निर्देशन अनुरुप कम्पनिहरुले सेवाग्रहिका लागि सजिलो हुने प्रक्रिया अपनाएका हुन् ।

गत वर्ष चेकमार्फत नगद लाभांश भुक्तानी गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले यसपटक बैंक खातामै लाभांश जम्मा गरिदिएको छ। लगानीकर्ता शाहिल पन्तका अनुसार २५ प्रतिशत नगद लाभांश कम्पनीले बैंक खातामै हालिदिएको हो।

यसअघि उनले सहायक कम्पनी एनआइबिएल क्यापिटलमा लामो लाइन बसेर लाभांश लिएको अनुभव सुनाए। ‘गत वर्ष कम्पनीले एसी पे चेकमार्फत भुक्तानी गरेको थियो । यसपालि भने बैंक खातामै लाभांश आएछ’ उनले भने।

नविल बैंकले पनि खातामै लाभांश रकम जम्मा गरिदिएको उनले जानकारी दिए। ‘इन्भेष्टमेन्टको मात्रै होइन नविलको पनि खातामै आएछ, कम्पनीले १५ प्रतिशत नगद लाभांश दिएको छ।’

कतिपय कम्पनीहरुले भने लाभांश घोषणा गरिसकेका छैनन्। कतिपयको लाभांश घोषणा भए पनि साधारणसभाबाट पारित हुन बाँकी छ। साधारणसभाबाट पारित भएपछि मात्रै नगद लाभांश बैंक खातामा जम्मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *