४ सय रुपैयाँले सुनको मूल्य बढ्यो

काठमाडौं, मंसिर ७

बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ सय तथा चाँदीको ५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५६ हजार २ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो मूल्य ५५ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा ७ सय ६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो मूल्य ७ सय ६० रुपैयाँ थियो। सुन एक तोलामा ११.६६४ ग्राम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *