राजपाको घोषणापत्रः दुहलीलाई सुनको मंगलसूत्र

काठमाडौं,७ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए ।

प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।

घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आˆनो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।

मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।

शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।

‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आˆनै प्रदेशमा आˆनै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकार माथि हुनेछ ।

(अनलाइनखबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *