दोलखामा भेटिएको सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

दोलखा,७ मंसिर । दोलखा जिल्लामा अज्ञात समुहले राखेको सकेट बम फेला परेको छ । नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम बिहीबार नेपाली सेनाले निष्क्रिय पारेको हो ।

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो ।

सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *