४५ जिल्लामा मंसिर १८ देखि ४ दिन विद्यालय बन्द हुने

काठमाडौँ, मंसिर ७

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। निर्वाचन आयागले गृह मन्त्रालयलाई दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा आगामि मंसिर १८ देखि २१ गतेसम्म बिदा दिन सिफारिस गरेको छ।
यसअघि पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा बुधबार देखि नै विद्यालय बन्द भईसकेका छन् । यी जिल्लाहरुमा अव मंसिर ११ गतेबाट कक्षा नियमित सञ्चालनमा आउने बताइएको छ ।

विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *