विभिन्न ठाउँमा भएका दुर्घटनामा ४ को मृत्यु

काठमाडौं,७ मंसिर  । फरक दुइ ठाउँमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।  नवलपुर र दाङमा भएका उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।

 इलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक हरीप्रसाद भुसालका अनुसार मृत्यु हुनेहरुमा साविक शिवमन्दिर ६ कावासोतीका अन्दाजी २५ वर्षीय रोशन ठाडामगर र ठेगाना नखुलेका रत्नबहादुर आले छन् । मगरले बोकेको सवारी चालक अनुमति पत्र र आलेसँग रहेको ब्लुबुकको आधारमा उनीहरुको पहिचान गरिएको हो ।नवलपुरको कावासोती नगरपालिकामा ११ लोकाहा पुल नजिकै लु ३६ प ५९७४ नंबरको मोटरसाइकल रोकिराखेको ना ४ ख ८६२२ नंबरको ट्रकमा बुधवार राति करिब १० बजे ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी दाङको घोराही-लमही सडकखण्डको झिंगनीमा रा २ त १२८२ नम्बरको रोकिराखेको ट्याक्टरमा ना ३ त ११८६ नम्बरको जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *