४ वर्षका बालकले गरे बलात्कार, घटनाको चिकित्सकद्वारा पुष्टि

नयाँ दिल्ली, मंसिर ७ ।
नेपालमा मात्रै नभई विश्वभर दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन् । यसैक्रममा एउटा अचम्म लाग्ने बलात्कारको घटना सार्वजनिक भएको छ । छिमेकी राष्ट्र भारतमा हालै चार वर्षीय बालकले बलात्कार गरेको अनौठो घटना प्रकाशमा आएको छ ।

दिल्लीको द्वारिका क्षेत्रमा एउटा प्रतिष्ठित विद्यालयमा अध्ययनरत चार वर्षीय बालकले आफ्नै सहपाठीलाई बलात्कार गरेको घटना प्रकाशमा आएको हो । प्रहरीले पीडित बालिकाको अभिभावकको उजुरी दर्ता गरेको छ । तर पीडित बालिका र आरोपी बालक दुबैको परिचय भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ४ वर्षीया बालिकालाई एउटै कक्षामा पढ्ने ४ वर्षीय बालकले बलात्कार गरेको उजुरी दायर भएको छ । १० नोभेम्बरमा स्कुलबाट घर फर्किएपछि ती बालिकाले आफ्नी आमालाई गुप्ताङ्गमा पीडा भएको बताएकी थिइन् । आमाले विस्तृत सोधखोज गरेपछि ती बालिकाले घटना विवरण सुनाएको बताइन्छ ।

लगत्तै परिवारजनले बालिकालाई नजिकैको चिकित्सक समक्ष लगेका थिए । चिकित्सकले सामान्य उपचार गरेपछि एक निजी अस्पतालमा बालिकालाई लगेर स्वास्थ्य परीक्षण गराइएको परिवारजनको भनाइ छ । चिकित्सकले बालिकाको गुप्ताङ्ग असामान्य रहेको पुष्टि गरेको बताइन्छ ।

भारतको कानूनअनुसार प्रहरीले ७ वर्षभन्दा कम उमेरका बालबालिकालाई कारवाही गर्न मिल्दैन । उक्त उमेर समूहका बालबालिकाको दिमाग अपराध गर्ने हदसम्म विकसित नभइसक्ने ठहर गर्दै कानूनमा यस्तो व्यवस्था गरिएको हो । तर यो उजुरी सम्बन्धमा प्रहरीले कस्तो कारवाही गर्छ भन्ने प्रष्ट भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *