हेलिकप्टरबाट गोरखाका २७ मतदान केन्द्रमा पुर्याइयो मतदान सामग्री

गोरखा, मंसिर ६ ।
गोरखाको उत्तरी क्षेत्रमा पर्ने २७ मतदान केन्द्रमा हेलिकप्टरबाट मतदान सामग्री लगिएको छ । विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो ।

चुमनुब्री गाउँपालिकाको २० र धार्छे गाउँपालिकाको ७ मतदान केन्द्रमा मंगलबार सामग्री पुर्याइएको हो ।

मतदान अधिकृतबाहेकका कर्मचारी र सुरक्षाकर्मी भने मङ्सिर २ गते पैदलै त्यसतर्फ गइसकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ती केन्द्रहरूमा पुग्न सदरमुकाम गोरखा बजारबाट ३ देखि बढीमा ७ दिनसम्मको पैदलयात्रा गर्नुपर्छ ।

निर्वाचन सकिएपछि मतपेटिका पनि हेलिकप्टरबाटै सदरमुकाम ल्याइने गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *