‘२०४६ सालको आन्दोलनमा देउवाजी लण्डनको कुनै गल्लीमा हुनुहुन्थ्यो’-ओली

बुटबल, मंसिर ६ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा २०४६ को आन्दोलनमा लण्डनमा लुकेर बसेको आरोप लगाएका छन् ।

सम्बोधनका क्रममा काँग्रेसप्रति निकै आक्रामक बनेका एमाले अध्यक्ष ओलीले भने , २०४६ सालको आन्दोलनमा म बुटवलमा थिएँ, शेरबहादुरजी कहाँ हुनुहुन्थ्यो तपाईहरुलाई थाहा छैन होला । म भन्छु उहाँ लण्डनको कुनै गल्लीमा हुनुहुन्थ्यो ।’

बाम गठबन्धनले आज बुटवलमा गरेको चुनावी सभामा बोल्दै उनले आफू देश चलाउने ड्राइभर भएको जिकिर गरे। उनले आफूले कुनै विश्व विद्यालयबाट उपाधि नपाएको भए पनि देशको माटो सुहाउँदो काम गर्ने सक्ने ड्राइभर भने भएको बताए ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलको उदाहरण दिँदै उनले भने, ‘पौडेलजी कुनै अर्थशास्त्र बिषयको क्यापसमा पढाउने र पुरै अर्थशास्त्रको ज्ञाता होइन । तर उहाँले देशको सिक्स लेन सडक तथा विद्युत बनाउन सक्ने क्षमतको नेता हो ।’

पौडेलजस्तै आफू पनि ठुलो अर्थशास्त्री नभएको तर नेपालको माटो सुहाउँदो व्यवस्थापन गर्न सक्ने सफल डाईभर भएको उनको भनाई छ ।
देश चलाउनको लागि आफूसँग पर्याप्त सिप भएको ओलीको दाबी छ ।

वामगठबन्धनको उक्त सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने सहभागि भएनन् । उनको सट्टा महासचिव रामबहादुर थापा बादल सहभागि भए ।
सो सभामा थापाले अब वामपन्थीको सरकारले समाजबाद ल्याउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *