ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्इको मृत्यु

इलाम, मंसिर ६।
मेची राजमार्गको फिक्कलमा बुधबार विहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्इ जनाको मृत्यु भएको छ ।

झापाबाट इलामतर्फ आइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले झापातर्फ गइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई फिक्कलबजारमा ठक्कर दिएको थियो ।

दुर्घतनामा परि तनहूँ ब्यास नगरपालिका(१ का २७ वर्षीय मोटरसाइकल चालक शरद पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यस्तै ठक्करबाट गम्भीर घाइते इलाम देउमाई नगरपालिका–५ का २५ वर्षीय अस्मिता राईको झापास्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ट्रक चालक लवाङ्ग लामा र ठक्कर दिने ट्रक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *