बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यबाहक अध्यक्ष पक्राउ

६ मंसिर । निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यबाहक अध्यक्ष पक्राउ  लेखनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ  ।

निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा सुरक्षालाई खलल पार्ने किसिमको क्रियाकलाप गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

कालिका गाउँपालिका–३ बस्ने लामिछानेलाई कालिकास्थानबाट पक्राउ गरिएको हो ।

सोमबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घरनजिकै सुतलीबम राख्न उनी संलग्न रहेका आशंका प्रहरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *