सरकारद्वारा नयाँ सवारी चालक अनुमतिपत्र वितरण अनिश्चितकालका लागि स्थगित

काठमाडौं, मंसिर ६।
सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो ।

ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

ट्राफिक प्रहरीविना लाइसेन्सको ट्रायल हुँदैन । ट्राफिक प्रहरीहरु चुनावका लागि जिल्लामा खटिनेभएपछि लाइसेन्स वितरण अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले बताए ।

अहिले काठमाडौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएको छ । लाइसेन्सको नवीकरण भने नरोकिएको प्रमुख यादबले जानकारी दिए ।
कार्यालयहरुले चुनाव सकिएलगत्तै फेरि सेवा सुचारु गर्ने बताएका छन् । तर, चुनाव लगत्तै देश प्रदेशको संरचनामा जाने भएकाले लाइसेन्सको वितरणमा केही अन्योल हुने देखिएको छ ।
संविधानमा लाइसेन्सको वितरण स्थानीय तहबाट नै हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *