निषेधित क्षेत्र घोषणा रामेछापको बेथानमा फुकुवा

रामेछाप,६ मंसिर । निषेधित क्षेत्र घोषणा रामेछापको बेथानलाई स्थानीय प्रशासनले  निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ । सुनापती गाउँपालिका वडा नम्बर ४ बेथानलाई
आफूहरुको कार्यक्रमलाई लक्षित गरी प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै बाम गठबन्धनले मंगलवार जिल्लाको ६३ भन्दा बढी स्थानमा विरोधसभा गरी निर्णय फिर्ता लिन दवाव दिएपछि जिल्ला सुरक्षा समिति आफ्नो निर्णयबाट पछि हटेको हो ।बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार मध्यान्ह १२ बजेदखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा फिर्ता लिएको हो । बाम गठबन्धन र नेपाली कांग्रेसबीचको टकरावका कारण हुन सक्ने अप्रीय घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेथानलाई सोमबार साँझ निषेधित क्षेत्र घोषणा गरेको थियो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले जिल्ला सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र घोषणा फुकुवा गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *