गृह मन्त्रालयद्वारा निर्वाचन आचारसंहिता विपरित चार सीडीओको सरुवा
काठमाडौं, मंसिर ६ ।
निर्वाचन आचारसंहिता विपरित सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी९सीडीओ०को सरुवा गरेको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ४ जिल्लाका सिडियोको कार्यक्षेत्र परिवर्तन गरिएको जनाएको हो ।
चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको छ ।
सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।
गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल तथा भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका छन् ।