तन्नेरीलाई पाकाको चुनौती

५,मंसिर -आसन्न प्रदेशसभा निर्वाचनमा जिल्लाका प्रदेशसभाको दुवै क्षेत्रमा तन्नेरीलाई पाकाहरूले टक्कर दिएका छन् । प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा वाम गठबन्धनबाट उम्मेदवार माओवादीका विनोद केसी र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भीमप्रसाद गौचनबीच प्रतिस्पर्धा छ । केसी ३० वर्षीय र गौचन ७७ वर्षीय हुन् । उमेरसँगै पञ्चायतकालदेखि राजनीतिको अनुभवी गौचनलाई युवा नेता केसी सजिला प्रतिस्पर्धी भने होइनन् ।

‘विगतदेखि नै हामी वामपन्थीले निरन्तर लिड गरेको क्षेत्र हो, त्यसमाथि प्रतिद्वन्द्वीको विवादास्पद हुनु र राजनीतिले युवा पुस्ताको माग गरेकाले जित कसको पक्षमा पर्छ मैले भन्नै पर्दैन,’ केसीले भने, ‘थारो भैंसीले लैनो हुँदाका कथा हाल्नुभन्दा दीर्घकालीन योजनाबद्ध काम गर्न चाहन्छु । मसँग योजना छन् ।’

वाम गठबन्धनका केसीमाथि समाजमा छिटै घुलमिल गर्न नसक्ने, अध्ययनशील नहुने र राजनीतिमा काँचो भन्ने आरोप छन् । तर, बेनीमा उनले खेलकुद विकासका लागि गरेका छरिता काम मन पराइएका छन् । उनका प्रतिस्पर्धी गौचनसँग ६० वर्षे राजनीतिक अनुभव छन् । उनको कार्यकालमा धेरै अपजस पनि भागमा परेको छ । तर, विकास पूर्वाधारमा धेरै काम गरेको जस उनको पनि जिल्लवासीले मान्छन् ।

गौचनमाथि आफू सरकारी उम्मेदवार रहँदा ०४३ को राष्ट्रिय पञ्चायतको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्ता र शक्तिको दुरुपयोग गर्दा शिख र सिंगामा तीन जना जनपक्षीय उम्मेदवारका कार्यकर्ता मारिएको घटनामा मुख्य दोषी रहेको आरोप लाग्ने गरेको छ ।

सोही विषय समाचार प्रकाशित भएपछि सम्पादक पदम ठकुराठीलाई होली हानी हत्या गर्न खोजेको अभियोगमा उनी र भाइ जगत गौचनले जेल परेका थिए । ‘शिख घटना हुँदा म ५ दिनमा पुग्न सकिने जिल्लाको दुर्गम बस्ती गुर्जामा थिएँ ।’ गौचन आफ्नो सफाइमा भन्छन्, ‘कसरी मैले हत्या गराउनु ?

स्रोत-कान्तिपुर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *