रातीमा लगाउने चस्मा

काठमाण्डौं, ५ मंसिर,

नेपालमा वर्षेनि ठूलो मात्रा सवारी साधनहरु भित्रिने गरेका छन् । दिनहुँ लाखौंको संख्यामा सवारी साधनहरु गुड्ने गरेका छन् । दिउँसोमा प्राय चल्ने सवारी साधनहरु रातीमा चल्ने गरेका छैनन् । रातीमा सवारी साधन चलाउँदा अँध्यारोले टाढाको वस्तु नदेखिने भएकाले प्राय सूर्य नअस्ताउने बेलासम्म सवारी साधनहरुको चाप बढि हुन्छ । पछिल्लो समय सवारी साधन मानव जीवनको एउटा अभिन्न अङ्ग जस्तै बनिसकेको छ ।

नेपालमा कार र मोटरसाइकल चलाउनेको संख्या लाखौँ पुगिसकेको छ । साधाणतया रातको समयमा विपरित दिशाबाट आएको सवारीको लाइट अर्कोतर्फबाट जाने सवारी चालकको आँखामा परेर हेर्न निकै गाह्रो हुने गुनासो चालकहरुले गर्दै आएका छन् ।ठूला सवारी चलाउनेले त्यस्तो समस्या खासै भोग्नु नपरेपनि साना सवारी चालकले भने दैनिकजसो यस्तो समस्या भोग्दै आइरहेका छन् ।

चालकहरुको यस्तै समस्यालाई लक्षित गर्दै मेरो सपिङ डट कमले एचडी नाइट भिजन चस्मा बजारमा ल्याएको छ । नाइट भिजन भनेपछि राति पनि देख्ने भन्ने लाग्ला, तर त्यो होइन । यो चस्माले रातको समयमा विपरित दिशाबाट आएको चहकिलो प्रकाशलाई आँखासम्म पुग्न दिँदैन। रातको समयमा सवारी चलाउँदा विपरित दिशाबाट आएको चहकिलो प्रकाशले केहिबेर केहिपनि देखिँदैन जसले सवारी दुर्घटना हुने सम्भावना हुन्छ तर उक्त चस्माले यस्तो समस्यालाई केहि हदसम्म कम गर्ने व्यवसायीहरुको भनाइ छ ।

चीनमा निर्मित यो चस्माको मूल्य मेरो सपिङले ९ सय ९९ निधारण गरेको छ । यो चस्मा प्लाष्टिकबाट निर्मित भएपनि ‘स्क्रयाच’ नहुने बताइएको छ ।

यो चस्माले रातको समयमा गाडी वा बाइक चलाउदा विपरित दिशाबाट आएको प्रकाशलाई आँखामा पुग्नुभन्दा पहिले मिनिमाइज गर्छ । त्यस्तै दिउँसोमा यसले सन ग्लासेसको काम गर्छ भने आँखामा धुलो धुवा छिर्न दिँदैन जसले गर्दा यो पैदल यात्रीलाईसमेत उपयुक्त हुने र चस्माले आँखालाई नराम्रो असर नगर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *