दुबईमा सम्पन्न खुल्ला लोकदोहोरी प्रतियोगिताको उपाधि सीता स्मृति राईलाई

युएई,२० नोभेम्बर। रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो ।

२ सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दैै विभिन्न चरणहरु पार गर्दै उक्त प्रतियोगितामा लोकपारखी सीता स्मृति राई प्रथम भएकी छिन् । उनले कमलको बुद्ध समूहबाट लोकदोहोरी प्रतियोतामा भाग लिएकी थिइन् ।करीब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करीब तीन महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड गत १७ नोभेम्बर बरदुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सफलतापूर्वक सम्पन्न भएको हो ।

त्यसरी नै सरोजको लालीगुराँस समूहबाट टीका कँडेलले दोश्रो स्थान हासिल गरेकी छिन् । त्यस्तै कमलको बुद्ध समूहबाटै सन्ध्या थापाले तेस्रो स्थान हासिल गर्न सफल भएकी छिन् ।

चौथो पुरुस्कार भने डाँफे समूहका लक्ष्मण सुनुवार भने बाबुरामकै डाँफे समूहवाट तारा परियारले पाँचौं स्थान हासिल गरेको आयोजक संस्था नेपाल कला संस्कृति मञ्च युएईका अध्यक्ष ड्यान परियारले बताए ।

युएईमा आयोजना भएको लोक दोहोरी प्रतियोगिताको अध्यक्षता लोक दोहोरी प्रतिभा खोज २०१७ का संयोजक नारायण बोहोराले गरेका थिए । प्रतियोगिताको प्रमुख अतिथिमा युएईको नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक नन्दु राई उपस्थित भएर वातावरणलाई पूर्ण रुपमा सांगीतिक बनाएका थिए । विशेष ध्यानमा राखी नेपाल कला सांस्कृतिक मञ्च युएईले दोहोरी गीत प्रतियोगिता सञ्चालन गरेको थियो ।

उक्त प्रतियोगितामा चार समूहका प्रतिस्पर्धीहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलहरुमा हरि डुम्रे, रिता लामा, कमल परियार, दिपक विश्वकर्मा र सुदिप गैरे रहेका थिए ।

सबै निर्णायकहरु युएईको नेपाली लोक संगीतको क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् ।

आयोजक संस्था नेपाल कला संस्कृति मञ्चका अध्यक्ष दान परियारले लोक संगीतको उत्थान तथा लोक प्रतिभाको प्रोत्साहनका लागि यस्ता प्रतियोगिताहरु आगामी वर्षहरुमा पनि आयोजना गरिने बताए ।

उक्त प्रतियोगितामा विजेता भएकाहरुलाई आकर्षक पुरुस्कारको साथमा प्रमाण पत्र र टफी प्रदान गरिएको थियो ।

उल्लेख्य लोकपारखीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रमको सञ्चालन सन्ध्या सुस्केरा, सरोज परियार , कृष्ण कुमार र सुनीलकुमार बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *