चर्चित नायक अनमोल केसी महंगा बन्दै

 चलचित्र क्षेत्रमा सर्वाधिक चर्चामा  रहेका नायक अनमोल केसी छोटो समयमै चर्चा कमाउन सफल नायक हुन ।  उसो त अनमोल चर्चामा मात्रै छैनन् , पछिल्लो समयमा  नेपाली चलचित्रमा महंगा पनि बन्दै गएका छन् ।  चार वटा हिट चलचित्र दिइसकेका अनमोलको पाँचौ चलचित्र ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रका लागि अनमोलले २० लाख पारिश्रमिक लिएका थिए । उनै, अनमोललाई ‘कृ’ छायांकनको क्रममा केही चलचित्रबाट ३० लाख पारिश्रमिकको समेत अफर आएको थियो । जुन, चलचित्रमा अनमोलले काम गरेनन् ।

अनमोलका पिता भूवन केसीका अनुसार अनमोललाई केही चलचित्रबाट ५० लाखसम्मको अफर आएको छ । उनले, निर्माता सुनिलकुमार थापा, निर्देशक सिमोस सुनवार र सुरेन्द्र पौडेलले अनमोललाई ५० लाखको अफर गरेको सुनाए ।’अब, उनै अनमोलका लागि ५० लाखसम्मको अफर आएको खबरले चलचित्र बजार चर्चामा छ । अनमोललाई केही निर्माताले चलचित्रमा काम गर्नका लागि ५० लाखको पारिश्रमिक अफर गरेका छन् । अनमोलले यी चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा अझै पक्का गरिसकेका छैनन् ।

निर्देशक झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा तयार हुन लागेको चलचित्रका लागि अनमोललाई ५० लाखको अफर आएको भूवनले बताए । कसरी भएको थियो त अफर, भूवनले भने-‘यो अफर वितरक मनोज राठीले लिएर आएका हुन् । मनोज राठीले कुरा गरेपछि उनले नै फोनमा निर्माता सुनिल कुमार थापासँग कुरा गराएका थिए ।’

सुनिलले आफू ५० लाखसम्म दिन तयार रहेको बताएको भूवनले अनलाइनखबरसँग बताए । यता, निर्देशक झरना थापाले भने यो कुराको खण्डन फेसबुकमार्फत गरेकी छिन् । उनले एउटा कलाकारलाई ५० लाखसम्म दिएर अफर गर्दा चलचित्रको मुनाफा कती लाग्ला भन्दै प्रश्न गरेकी छिन् । उनले, कुनै पनि कलाकारलाई आफूले ५० लाखमा अफर नगरेको समेत फेसबुक मार्फत स्पष्ट पारेकी छिन् ।

एउटा कलाकारलाई ५० लाखसम्मको अफर गर्नु आफ्नो सोच भन्दा बाहिरको कुरा भएको झरनाको भनाई छ । यसरी, अनमोललाई ५० लाखको अफरले अहिले चर्चा पाएको छ । तर, अनमोल पिता भूवन केसी र निर्देशक झरना थापाको कुरा वाझिएका छन् ।

२०७४ मंसिर ५ गते १०:३९ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *