यी कुराहरु मिसाएर कहिल्यै नखानुस्

काठमाण्डौं, ४ मंसिर,

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वास्थ्य सम्बन्धि हामी जहिल्यै सचेत छौं । र सदैव सचेत हुनुपर्छ । यो युग सूचना तथा संचारको युग हो । हरेक मानिसहरु प्रविधिको पहुँचमा छन् । सामाजिक संजाल, पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट थुप्रै सुचनाहरु लिन सकिन्छ । त्यसलाई सहि ठाउँमा सदुपयोग गर्न सकियो भने त्यसले फाइदा गर्छ ।
यी खानेकुराहरु एकैसाथ कदापि मिसाएर नखानुहोस् । यसले तपाई नकारात्मक असर गर्न सक्छ । स्वास्थ्यका हिसाबले यी कुराहरुलाई एकैचोटि प्रयोग गर्नाले या खानाले मृत्यु समेत हुन सक्छ । एकैसाथ मिसाएर खान नहुने निम्न कुराहरुको बारेमा सदैव जानकारी राख्नुहोस् ।

१) मुला र दुध एकसाथ खानु अत्यन्त हानिकारक मानिन्छ । मुला र दुधसँगै खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

२) दुधसँग दही, नून, कागती, तित्री र अन्य फलमिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि मिसाएर खानु हुँदैन ।

३) खीर खाएपछि सातु वा सातु फिटेका पानी खानु घातक मानिन्छ । खीर खाएपछि स्वास्थ्यका लागि अत्यन्तै नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

४) महलाई तातो दुध, पानी या अन्य कुनै पनि तातो चितसँग मिसाएर कहिल्यै खानु हुँदैन । महलाई तताएर खानु स्वास्थ्यका लागि हानिकार मानिन्छ ।

५) दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको मात्रा बढि भएका फलहरु फलहरु जस्तै खरवुजा, काँक्रा, टमाटर, भुँइकटहर, तरबुजा आदि कहिल्यै पनि एकैसाथ खानु हुँदैन ।

६) काँसको भाँडामा राखेको घ्यूँ खानु पनि हानिककारक मानिन्छ ।

७) तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यू माबेसार फ्राइ गर्नु घातक हुन्छ ।यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतराहुन्छ । दही, मही र जाँड रक्सीसँगै खानु हुँदैन ।

८) पानी पिउने बित्तिकै खरबुजा, तरबुजा, काँक्रा, बदाम र घ्यूँ तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि हानिकारक मानिन्छ ।

९) खरबुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्छ ।

१०) माछासँग दुध तथा दुधबाट बनेका परिकारहरु खानु घातक मानिन्छ ।

११) घ्युँ र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि खानु हुँदैन । घ्यूँ र महसँग चिसो पानीको सेवन पनि घातक मानिन्छ ।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । यसतर्फ सबैले ध्यान दिनु जरुरी छ ।

यी कुराहरुलाई सक्दो शेयर गरौं ।
इआवाज डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *