तेस्रो नेपालगन्ज म्याराथन दौड हुँदै

काठमाण्डौ, ४ मंसिर
‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित तेस्रो नेपालगन्ज म्याराथन दौड हुने भएको छ । क्रियटिभ ह्याण्ड ग्रुपको आयोजनामा हरेक वर्ष मंसिर ५ गते हुँदै आएको म्याराथन यस वर्ष पनि हुने भएको छ ।

एक दशभन्दा लामो शसस्त्र द्वन्द्वको अन्त्य भएर बृहत शान्ति सम्झौता भएको दिन पारेर २०७० सालबाट नेपालगंज म्याराथन दौड आयोजना गर्न थालिएको हो । यसपटकको म्याराथनमा ६ सय भन्दा बढि प्रतियोगिहरु सहभागि हुने आयोजकले बताएको छ ।


म्याराथनको अवसर पारेर आइतबार ‘नेपालगन्ज उत्सव’ विशेषाङ्क विमोचन गरिएको छ । विशेषाङ्क विमोचन गर्दै साहित्यकार सनत रेग्मीले खेलकुद मानव शरीर विकासका लागि अतिआवश्यक भएको बताए । विमोचन कार्यक्रममा साहित्यकार महेश विक्रम शाह लगायत थुप्रैको उपस्थिती रहेको थियो ।

पत्रकार जनक नेपालले विशेषाङ्कमा मध्यपश्चिमको ऐतिहासिक, राजनीतिक, सामाजिक, खेलकुद, पत्रकारीता र साहित्यिक विषयबस्तुका साथै नेपालगन्ज उत्सव २०७३ मा भएका नेपालगन्ज लिटरेचर फेस्टिभल, दोस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, अल नेपाल मुशायरा लगायतका विषयबस्तुहरुलाई पनि समावेश गरिएको बताए ।


‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नारासहित आयोजना हुने नेपालगन्ज म्याराथनको पुरुष खुल्लातर्फ विजेताले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ पाउनेछन् । महिला खुल्ला हाफ म्याराथनमा विजेतालाई ३० हजार, दोस्रोले१ ५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै चौथोले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् ।


होटल ग्यालेक्सी दरबारको मुख्य प्रायोजन रहेको म्याराथन ‘शान्ति र सद्भावका लागि’ गर्दै आएको क्रियटिभ ह्याण्डमा अध्यक्ष टि.एस.ठकुरीले इआवाजलाई बताए । नेपालगन्ज रंगशालादेखि सुरु भइ कोहलपुर चौराहादेखि आठ सय मिटर उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः नेपालगन्ज रंगशालामा म्याराथन पुरा हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *