एमबीबीएसको प्रवेश परीक्षा रद्द, प्रदर्शनमा उत्रिए परीक्षार्थीहरू ।
आईओएमले आइतबार बेलुकी सूचना जारी गरी परीक्षा रद्द गरेको जानकारी दिएको हो ।४ मंसिर, काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत असोज २८ गतको एमबीबीएसको प्रवेश परीक्षा रद्द गरेको छ ।
आईओएमले गत असोज २८ गते लिएको एमबीबीएसको प्रवेश परीक्षामा केही विद्यार्थीहरुले इलेक्ट्रोनिक डीभाइसमार्फत चिट चोरेको पाइएपछि पुनः परीक्षा हुनु पर्ने माग राख्दै चौतर्फी रुपमा विरोध हुँदै आएको थियो ।सूचनामा आईओएमले त्रि.वी. कार्यकारी परिषद्को वैठकले दिएको निर्देशनको आधारमा परीक्षा रद्द गर्ने निर्णय गरेको जनाएको छ । साथै प्रवेश परीक्षाको नयाँ मितिबारे आईओएमको वेभसाइटमार्फत जानकारी दिइने आईओएमले जनाएको छ ।