एम्बुलेन्सकाे ठक्करले स्कुटरमा सवार ३ जनाको मृत्यु

बिराटनगर,४ मंसिर ।  सुनसरीको इटहरीमा एम्बुलेन्सकाे ठक्करले  स्टकुरमा सवार ३ जनाको मृत्यु भएको छ । इटहरी स्थित हलगडा चोकमा भएको उक्त दुर्घटनामा  ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानबाट इटहरी आइरहेको को १ च ७००९ नम्बर एम्बुलेन्सले विपरीत दिशामा रहेको को २३ प ४७६ नम्बर स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको पनि प्रहरीले जानेको छ । ज्यान गुमाउनेमा ४५ वर्षीय डुकबहादुर कार्कीको  घटनास्तालामै र  पछाडि बसेका एक महिला र एक पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीेले जनाएको छ । मृतक दुईजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *