नवलपरासीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
३ मंसिर , – ने[पलमा पछिल्लो समयमा सवारी दुर्घटनामा परि मर्ने क्रम रोकिएको छैन । नवलपरासीको गैंडाकोट नगरपालिकाको विजयचोक नजिकै सवारी दुर्घटनामा हुँदा २ जनाको ज्यान गएको छ ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार कावासोतीबाट नारायणगणढतिर जाँदै गरेको ना ४ ख ९७०८ नम्बरको ट्रकसँग ना ५० प ४४३५ नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खाँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । ज्यान जानेमा भरतपुर महानगरपालिका बस्ने १९ वर्षको वर्षका सन्दीप घिमिरे र २० वर्षका सुनिल शर्मा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।