सर्लाहीमा गोली लागेर एक महिला घाइते

३ मंसिर -अज्ञात समूहले चलाएको गोलि लागेर  सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् ।आइतबार  बिहान साँढे ४ बजे हानेको गोली लागेर आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साह घाइते भएको प्रहरीले जनाएको छ ।
ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको ठाउँमा गोली हानिएको थियो । साहको बायाँ छातीमा गोली लागेको छ । उनलाई उपचारार्थ वीरगंज पठाइएको पनि प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *