रोकिएन प्रचण्डको आँसु

काठमाण्डौं, ३ मंसिर, पुत्र प्रकाशको हृदयघातबाट निधन भएको खबर पाए लगत्तै प्रचण्ड झापाको चुनावी कार्यक्रम स्थगित गरेर काठमाण्डौ फर्किए । अस्पताल लैजानुभन्दा अघि नै विहानै प्रकाशको निधन भैसकेको नर्भिक अस्पतालले जानकारी दियो ।

आज बिहान हृदयघातका कारण मृत्यु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

पुत्र प्रकाशको पार्थिव शरीरमा पार्टिको झण्डा ओढाउँदा पिता प्रचण्ड निकै भावुक भए । आँखाभरि आँसु बगाएर पुत्र प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । प्रकाशको पार्थिव शरीरलाई राम्ररी हेर्न नसकी उनी रोइरहे । आँखाभरि आँसु टिलपिलाएका उनी निकै भावुक बने । प्रकाशको पार्थिव शरीरलाई ४ बजेसम्म त्यहाँ राखिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रकाशलाई अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका शीर्ष नेताहरु पार्टिका कार्यालय पेरिसडाँडामा पुग्ने भएका छन् । अहिले पार्टि कार्यालय पेरिसडाँडामा कार्यकर्ता लगायत शुभचिन्तकहरुको घुँइचो लागेको छ ।
आजै साँझ पशुपति आर्यघाटमा प्रकाशको अन्तिम अन्त्येष्टि गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *