प्रकाश दाहालकाे मृत्युपछि डाक्टरहरुले जारी गरे प्रेस नोट

काठमाडौं,३ मंसिर– डाक्टरहरुले जारी गरेको प्रेस नोट जारी गर्दै प्रकाश दाहाललाई अस्पताल पुर्‍याइएको ९ मिनेटमै डाक्टरले मृत्यु भएको अनौपचारिक रुपमा बताइसकेका थिए। डाक्टरका अनुसार दाहाललाई बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएको थियो।

इमर्जेन्सीमा पुर्‍याउने बित्तिकै प्रकाशको इसिजी गरिएको थियो। इसिजि ‘फ्र्याट’ आएपछि उनलाई जोगाउन नसकिने घोषणा डाक्टरले गरेका थिए। अस्पतालका एक चिकित्सकले भने, ‘इमर्जेन्सीभित्र लिइएको ९ मिनेटमै उनको अवस्था जोगाउन नसकिने खालको रहेको जानकारी गराएका थियौं।

प्रकाशको निधनबारे बिहानै सूचना आए पनि अस्पतालले भने प्रचण्ड नर्भिक अस्पताल पुगेपछि मात्र आकस्मिक हृदयघातबाट निधन भएको औपचारिक घोषणा गरेको हो। पत्रकार सम्मेलनमा चिकित्सकले प्रकाशलाई अस्पताल ल्याउँदाको अवस्था हेर्दा करिब ३ घन्टा अगाडि नै मृत्यु भएको हुन सक्ने बताएका छन्।

 डाक्टरहरुले जारी गरेको प्रेस नोट:

Leave a Reply

Your email address will not be published. Required fields are marked *