प्रकाशको पार्थिव शरीर पेरिसडाँडामा, आजै अन्त्येष्टि गरिने

काठमाण्डौं, ३ मंसिर, हृदयघाटबाट निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा राखिने भएको छ ।

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउनु अघि नै प्रकाश दाहालको निधन भैसकेको अस्पतालले बताएको छ ।

झापामा चुनावी कार्याक्रमका लागि गएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगत्तै काठमाण्डौं फर्किएका छन् ।

दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई आज दिउँसो १ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टि कार्यालयमा राखिने र श्रद्धाञ्जली पश्चात प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *