प्रकाश दाहालको निधन

काठमाडौँ, ३ मंसिर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ ।

आज बिहान ५:३८ मिनेट जाँदा उनलाई हृदयघात भएपछि बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

झापा चुनावी कार्यक्रममा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले भने औपचारिक जानकारी दिएको छैन ।

यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *