प्रचण्डपुत्र दाहालको निधन,औपचारिक घोषणा हुन बाँकि

काठमाडौं,३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको सामाजिक संजाल तथा विभिन्न अनलाइनहरुले समाचार बनेका छन् ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

दाहालको निधन भएको औपचारिक घोषणा भने अझै गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ  ।  सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *