मिस वर्ल्ड २०१७ बनिन् भारतकी मानुषी

मिस वर्ल्ड २०१७ को उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन्। शनिबार चीनको सनायामा आयोजित फाइनल कार्यक्रममा मानुषीलाई मिस वर्ल्ड विजेता घोषित गरिएको हो। विश्वभरका १०८ जना प्रतिस्पर्धीलाई हराउने २१ वर्षीय मानुषी हरियाणाकी हुन्।  दोस्रो हुनेमा मेक्सिकोकी एन्ड्रिया मेजा छन् भने तेस्रो उपाधि इंल्याण्डकी स्टेफनी हीलले जितेकी छन्। भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। सन् २००२ मा अभिनेत्री प्रियंका चोपडापछि कोही भारतीयले मिस वर्ल्डको ताज पहिरिएका थिएनन्।

भारतबाट सन् १९९७ मा डायना हेडन, १९९४ मा ऐश्वर्य राय र १९९९ मा युक्ता मुखी मिस वर्ल्ड भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *