नेपाली आकाशमा अमेरिकी विशेष विमान ।

काठमाडौं,२ मंसिर । ललितपुरको भट्टेडाँडामा तयार गरिएका दुई वटा राडारसहित देशभर सञ्चालनमा रहेका विभिन्न उड्ययन सम्बद्ध उपकरणहरुको परीक्षण शनिबारबाट सुरु भएको छ । अमेरिकाबाट आएको विशेष विमान र अमेरिकी तथा जापानी प्राविधिक टोलीले यस्तो परीक्ष्ण सुरु गरेका हुन् । यसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य केही महत्वपूर्ण विमानस्थलमा पनि उडानरअवतरण प्रभावित भएको छ । तालिकाभन्दा ढिला गरी उडान भएपछि विभिन्न गन्तव्यमा हिँडेका यात्रु लामो समय विमानस्थलमा रोकिएका छन् ।

 

अब आइतबार र सोमबार पनि उडानरअवतरण केही उडानहरू प्रभावित नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई उडानलाई सुरक्षित गराउने गरी नयाँ राडार जडान गरिएको हो ।

नयाँ राडार र उड्डयनसम्बद्ध उपकरणको परीक्षण गर्न अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनको विशेष जहाजसहितको ६ जनाको टोली नेपाल आएको छ । जापानबाट पनि ४ जनाको प्राविधिक टोली आएको छ । यसैबाट नयाँ राडरसहित देशभरका उड्डयन उपकारण र सिस्टमहरुको क्यालिब्रेसन गरिनेछ ।

सँगै देशभरका हवाई उडान सम्बन्धी विभिन्न उपकारणहरुको कार्यदक्षताबारे पनि अध्ययन हुने भएको छ । यो विमान विभिन्न विमानस्थलमा पुग्नेछ । त्यहाँ अतरण र उडान गर्दै उपकरण र सिस्टमहरुको परीक्षण गर्नेछ । प्राविधिक टोलीले सुरक्षाका हिसाबले कुन विमानस्थलको उपकरणहरु कुन हालतमा छन् भनेर रिपोर्ट पनि दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

 

नेपालमा हुने हवाई दुर्घटना घटाउन नयाँ राडार सहयोगी हुने विश्वास छ । जापानी सहयोग नियोग ९जाइका०को सहयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार स्थापना गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *