गजल-भावना पाठक

गुनासा छन् कति कति यो मुलुकसँग
यहाँ भोक निलेर बाँचेका छन् गुन्द्रुकसँग
अब दुख्दैन घाउलाइ जति चलाए पनि
घाउ सहज बनिसक्यो नुनचुकसँग
खेलौना जसरी खेलाइरहन्छ बालक
मानौ सम्बन्ध पुरानो हो बन्दुकसँग
इमानदार बन बेइमान बन तिम्रो मर्जी
मलाई सरोकार छैन तिम्रो भुलचुकसँग
पुराना यादहरु जतन गरेर राखेकिछु
मेरो जिन्दगी जोडिएको छ यो सन्दुकसँग
- 7Shares