मुस्कुराउँदा पनि/ कमल संघर्ष

गर्नैपर्ने आनाकानी मुस्कुराउँदा पनि
रैछ तिम्रो रुने बानी मुस्कुराउँदा पनि

दाँत झरेको बूढो युग हाँस्दाहाँस्दै मर्यो
के बचपन के जवानी मुस्कुराउँदा पनि

रुँदा मेरा आँखाभन्दा आफू बढी रुझ्छ
खुशी हुन्न यो सिरानी मुस्कुराउँदा पनि

यहाँ पागलको हितमा सुचना जारी हुन्छ
दिमागलाई गर्छ हानी मुस्कुराउँदा पनि

उता तिमी मौन रह्यौ जवाफ फर्काएनौ
यता मैले आफ्नै ठानी मुस्कुराउँदा पनि

अभ्यास अभ्यासले जिएको जिन्दगी हो
सुहाउँदो रहेछ नजानी मुस्कुराउँदा पनि

कमल संघर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 Shares
Share5
Tweet
Pin
Share