कांग्रेस नेता रामशरण महत चढेको गाडी एम्बुस विस्फोट ।

काठमाडौं, १ मङ्सिर  नेपाली कांग्रेसका नेता तथा नुवाकोट २ का उम्मेदवार डा रामशरण महत चडेको गाडी एम्बुस विस्फोटमा परेको छ।

उनी सवार बा १६ च ६६५ नम्बरको गाडी एम्बुस विस्फोटमा परेको हो। सो घटनामा तीन कार्यकर्ता घाइते भएका छन्। चुनावी अभियानमा सरिक महत ककनी गाउँपालिका वडा नम्बर ५ डाँडागाउँ सिंगारेचौरमा पुग्दा सो विस्फोट भएको हो। घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङको परिचय खुले पनि अन्यको नाम खुल्न सकेको छैन। घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदैछ। महत भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकरजंग विष्टले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *