काँग्रेसको १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद कायमै

कोहलपुर, असोज ९,

क्रियाशिल सदस्यता वितरण सम्बन्धी विवाद पूर्ण रुपमा समाधान नहुँदा नेपाली काँग्रेसको महाधिवेशनको कार्यतालिकामा नै प्रभावित हुने देखिएको छ ।

शिर्ष नेताहरुले मिति सार्न कसरत गरिरहेको भन्दै नेता शेखर कोइराला, गगन थापा लगायतले खबरदारी गरिरहेका छन् । तर, हिजो बिहान सिंहदरवारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते नै गर्ने निर्णय दोहो¥याएको छ । कुरा गर्दै नेता आनन्दप्रसाद ढुङ्गानाले पार्र्टी महाधिवेशन सार्नु पर्ने कुनै कारण नभएको बताए । उनले नगर र अरु कार्यक्रम दशैंपछि गर्दा महाधिवेशन मिति ढिलोमा १०÷१५ दिन सर्न सक्ने भएपनि लामो समय पर नसर्ने स्पष्ट पारे ।

क्रियाशिल विवाद समाधान हुने वित्तिकै महाधिवेशन रोक्नुपर्ने केही कारण नभएको उहाँको भनाइ छ । प्रदेश २ को ८ जिल्लासहित १३ जिल्लामा क्रियाशिल सदस्यतामा विवाद हुँदा वडा अधिवेशन नै हुन सकेको छैन । यसैबीच नेपाली काँग्रेसले काठमाडौंमा गाउँ तथा नगरपालिकाहरूको अधिवेशन नगर्ने भएको छ । हिजो बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले आज ६४ जिल्लामा गाउँ तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति काठमाडौंले तयारी नपुगेको भन्दै यहि १६ गतेका लागि अधिवेशनको मिति तोकेको छ ।

काँग्रेसले २१ वटा हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै ५६ जिल्लामा दसैँपछि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । काठमाडौंमा पनि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन दसैँपछि हुने हुँदा पालिका अधिवेशन निर्धारित मितिभन्दा एक साता पर सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share