पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदा पारित गर्ने तयारी

कोहलपुर, असोज ९,

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार पनि बस्दैछ ।

हिजोबाट ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ । जसमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदा आज पारित गर्ने तयारी गरिएको छ ।

बिहान विभिन्न १० वटा समूहले छलफल गरेर आएको सुझावको आधारमा प्रतिवेदन पारित गर्ने तयारी गरिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्ले सीआइएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि समूहले छलफल गरेर दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा सुझाव दिनेछन् । तिनै सुझाव समेटेर तयार गरिने प्रतिवेदन पारित गर्ने तयारी छ । यसअघि हिजो सुरु केन्द्रीय कमिटी बैठकले छलफलका लागि १० वटा समूह निर्माण गरेको छ ।

अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेका संगठनात्मक र विधान संशोधन सम्बन्धी प्रतिवेदनसहित सुझाव बैठकमा प्रस्तुत गरिएको छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share