देशभर मौसम बदली रहने : मौसम पूर्वानुमान महाशाखा

कोहलपुर, असोज ९,

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम हल्कादेखि सामान्य बदली रहने बताएको छ ।

महाशाखाका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती, गण्डकी, सुदुर पश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share