नेपालमा स्क्रब टाइफसको सङक्रमण बढ्दो

कोहलपुर, असोज ८,

नेपालमा अघिल्लो वर्षको तुलनामा स्क्रब टाइफस सङ्क्रमण बढेको छ ।

हरेक वर्ष भदौ असोजमा नेपालमा देखिने स्क्रब टाइफसको समयमा उपचार नहुँदा गतवर्षभन्दा यो वर्ष रोगको मृत्युदर समेत बढेको छ । स्क्रब टाइपस विशेषगरी काभ्रे, धादिङ, चितवन, नुवाकोट लगायतका जिल्लामा यो रोगको सङ्क्रमण देखिएको छ । टेकु अस्पतालमा २ महिनामा ६ जनाको स्क्रब टाइफसबाट मृत्यु भएको छ भने चितवनमा हालसम्म ९४ जनामा यो रोग पुष्टि भएको छ ।

तुलनात्मक रूपमा काभ्रेमा यो रोगका कारण सङ्क्रमण र मृत्यु दर धेरै देखिएको छ । २ महिनामा १० जनाको मृत्यु भइसकेको छ भने जाँचका लागि आउनेहरू बढेका छन् । मुसाको शरीरमा पाइने माइट नामक किर्नाको टोकाइबाट लाग्ने यो रोगमा कोरोनाको जस्तै उच्च ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता लक्षण देखिन्छन् । विशेषरी खेतबारीमा काम गर्दा वा घरमा मुसा छ भने स्क्रब टाइफसको जोखिम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share