मन्त्री नियुक्त नहुँदा नीतिगत निर्णय र सेवाप्रवाहमा समस्या

कोहलपुर, असोज ८,

सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्री नआउँदा नीतिगत निर्णय र सेवाप्रवाहमा समस्या देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री हुँदा सेवाग्राहीको भीड हुने गथ्र्यो । तर मन्त्री नियुक्त नहुँदा सेवाग्राहीको चहलपहल ६० प्रतिशतले घटेको मन्त्रालयको दर्ता चलानी फाँटका कर्मचारी कृष्णहरि लामिछानेले बताए । २ हप्तादेखि कृषि मन्त्रालय धाइरहे पनि काम नभएको र मन्त्री नभएपछि कर्मचारीहरूले समेत बेवास्ता गरेको जनकपुरबाट आउनुभएका रघुनाथ महतोले गुनासो गरे ।

अनुदानको मल खरिद, वितरण, कृषि चिस्यान केन्द्र निर्माण, माटो परीक्षण, चौपायाका योजना, कृषि बजारीकरण, बिउबिजन वितरणका बारेमा समस्या भएको जानकारी मन्त्रालयमा आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share