त्रिशुली नदीमा कार खस्दा ३ जना वेपत्ता

कोहलपुर, असोज ८,

काठमाडौँबाट पोखरा जाँदै गरेको कार त्रिशुली नदिमा खस्दा तीन जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेहरूमा पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेखबहादुर भुजेल र उहाँका श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

गएराति करिब साढे १२ बजे ग.२ च ४९१८ नम्बरको कार चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खसेको हो । वेपत्ताहरूको नेपाल प्रहरीसहित सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको पनि प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 Shares
Share
Tweet
Pin
Share